कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

२५० क्‍विन्टल चामलसहित ट्रक नियन्त्रणमा

खाद्य संस्थानको चामल बिक्री गर्न लगिएको शंका
कलेन्द्र सेजुवाल

सुर्खेत — सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको हो ।

उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको छ ।

वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको छ । प्रतिकेजी ४२ रूपैयाँको दरले बिल काटिएको छ । दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो ।

वासुदेव शर्माको स्वामित्वको सप्लायर्सले कर्णालीको हिमाली जिल्लामा ढुवानीको जिम्मा लिएको छ । संस्थानको चामल बेच्न लगिएको शंका गरिएकाले ट्रकसहित चामल बरामद गरिएको एसपी भट्टले बताए । प्रहरीले सप्लायर्सको वीरेन्द्रनगरस्थित गोदामसमेत सिल गरिएको उनको भनाइ छ ।

'सामान्यतया सुर्खेतबाट बाहिर खाद्यान्न ढुवानी हुँदैन, यति ठूलो परिणाममा बाहिर लग्न खोजिनु शंकास्पद छ,' उनले भने, 'यो चामल सरकारी हो वा होइन भन्ने अनुसन्धानले खुलाउला ।'

प्रकाशित : कार्तिक १३, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?