कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सल्यान प्रहरीद्वारा १० हजार ८० लिटर अवैध घरेलु मदिरा बरामद

विप्लव महर्जन

सल्यान — जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका १० स्थानीय तहबाट १० हजार ८० लिटर मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ । जनप्रतिनिधिको रोहबरमा ती मदिरा नष्ट गरिएको छ ।

सल्यान प्रहरीद्वारा १० हजार ८० लिटर अवैध घरेलु मदिरा बरामद

मदिरा सेवनका कारण दसैंतिहारमा कुनै किसिमको अपराधिक गतिविधि हुन नदिन झन्डै दुई साताको अवधीमा प्रहरीले अवैध मदिरा बरामद गरेको हो ।

दुई हजार आठ सय ६० लिटर घरेलु मदिरा र मदिरा बनाउने सात हजार दुई सय २० लिटरको कच्चा पदार्थ बरामद गरेर नष्ट गरिएको डीएसपी गोविन्द थापाले बताए ।

चाडपर्वको समयमा मदिरा सेवन अत्यधिक गर्ने भएकाले कुनै घटना हुन नपाओस् भनेर मदिरा नियन्त्रण अभियान अन्तर्गत बरामद गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०७७ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?