नेप्का गाउँले टेलिफोन सेवाबाट वञ्चित

रासस

सिमकोट — हुम्लाको चंखेली गाउँपालिका वडा नं ५ नेप्का गाउँका नागरिक वर्षौँदेखि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् । नेपाल टेलिकमले जिल्लाका अन्य गाउँपालिकाका गाउँमा टेलिफोन सेवा जडान गरे पनि नेप्का गाउँमा सेवा विस्तार हुन सकेको छैन ।

नेप्का गाउँमा टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा धेरैपटक हारगुहार गरिए पनि सुनुवाइ नभएको स्थानीयवासी जसबहादुर तामाङले गुनासो पोखे । उनले भने, 'गाउँमा टेलिफोन सेवा विस्तार नहुँदा वल्र्ड लिंक कम्युनिकेशनले वडा कार्यालयमा जडान गरेको इन्टरनेटबाट आफन्तसँग कुराकानी गर्नका लागि रातभर जागै बस्नुपर्ने बाध्यता छ' । टेलिफोनबाट कुराकानी गर्न एक दिनको पैदल हिँडेर गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी हर्कदन तामाङले बताए ।

गाउँमा रहेको वल्र्ड लिंक सेवाबाट पनि दिउँसो सोलार चार्ज भएपछि मात्रै इन्टरनेट चल्ने भएका कारण रातभर जागै बस्नुपरेको हो । वल्र्डलिंकको सेवामा पनि बेलाबेलामा समस्या आउने गरेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित : कार्तिक १२, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?