कर्णाली प्रदेश अस्पताल प्रमुखलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

कर्णाली प्रदेश अस्पताल प्रमुखलाई कोरोना संक्रमण

डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा. सन्जु खड्काका साथै छोरालाई पनि कोरोना देखिएको बताए । कोरोनाका लक्षणहरू देखिएकोले उपचार पनि गरिरहेको उनको भनाइ छ ।

हालसम्म कर्णाली प्रदेश अस्पतालमा कार्यरत १८ जना चिकित्सकमा कोरोना देखिएको छ । ती सबै निको भैसकेका छन् । वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको कोरोनाकै कारण मृत्यु भएको छ ।


प्रकाशित : कार्तिक ८, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?