कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुकुम पश्‍चिममा होम आइसोलेसनमा रहेकी संक्रमितको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — कोरोना भाइरस संक्रमण भएर होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

रुकुम पश्‍चिममा होम आइसोलेसनमा रहेकी संक्रमितको मृत्यु

त्रिवेणी गाउँपालिका–७, की ५३ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो । आन्द्राको क्यान्सरको उपचारमा चितवन गएको बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनको भरतपुर क्यान्सर अस्पतालले कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्न भनेर घर पठाएको थियो । जिल्ला फर्किसकेपछि पनि उनमा कोरोना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको थियो ।

कोरोना संक्रमित महिलाको मृत्यु भएको र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए ।

प्रकाशित : कार्तिक ५, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?