बलात्कार आरोपमा २ पक्राउ 

कान्तिपुर संवाददाता

सल्यान — बलात्कार आरोपमा शारदा नगरपालिका–१ का ३२ वर्षीय शरद रेउले र कालीमाटी गाउँपालिका–२ का २९ वर्षीय नारायणप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ । रेउले शारदा नगरपालिकाकी २७ वर्षीय अशक्त महिला र कँडेल ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

बलात्कार आरोपमा २ पक्राउ 

आइतबार राति अशक्त महिलालाई बलात्कार गर्ने क्रममा महिला चिच्याएपछि छिमेकीले रेउलेलाई नियन्त्रणमा लिएका थिए । बालिका बलात्कारका आरोपी कँडेल घटनालगत्तै फरार थिए ।

दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार कँडेलले २०६५ चैतमा बालिकालाई बलात्कार गरेका थिए ।

अदालतले २०७४ चैत्र ६ गते उनीविरुद्ध २ वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?