१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हुम्लामा टेलिकमको भिस्याट सेवा

छपाल लामा

हुम्ला — नेपाल टेलिकमले सदरमुकाम सिमकोटमा पहिलोपल्ट भिस्याट प्रविधि जडान गरेको छ ।

हुम्लामा टेलिकमको भिस्याट सेवा

हिउँदको समयमा हिमपात हुँदा टेलिकमको रेडियो लिंक बिग्रिएर टेलिफोन सेवा अवरुद्ध हुने भएपछि भिस्याट सेवा जडान गरिएको हो ।

भिस्याट जडानपछि स्थानीयले हिमपातको समयमा भोग्नुपर्ने टेलिफोन नेटवर्कविहीनको समस्याबाट मुक्ति पाएको टेलिकम प्रमुख शिवप्रसाद भट्टराईले बताए ।

उनका अनुसार सेवा सुचारु भएसँगै हिमपातको समयमा पनि जिल्लामा सबैखाले सञ्चार सेवा सुचारु हुनेछन् । ‘यसअघि टेलिकमको रेडियो लिंकले काम नगर्दा अन्य कम्पनीबाट सेवा लिइ टेलिफोन सेवा सुचारु गर्नुपर्ने बाध्यता थियो,’उनले भने, ‘भिस्याटले टेलिफोन र मोबाइकलको नेटवर्क कभरेज बढाउन पनि मद्दत मिलेको छ ।’

विगतमा नेपाल टेलिकमको रेडियो लिंकले काम नगर्दा दुर्गम भेगका बासिन्दा एक सातादेखि एक महिनासम्म सञ्चार सेवाबाट वञ्चित थिए ।

प्रकाशित : कार्तिक २, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?