कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ वर्षपछि इलाका प्रशासन सोरुकोटमा प्रमुख

राजबहादुर शाही

मुगु — सोरुकोटस्थित इलाका प्रशासन कार्यालयले चार वर्षपछि प्रमुख पाएको छ । २०७३ पुसदेखि इलाका प्रशासन सहयोगीको भरमा सञ्चालन हुँदै आएको थियो ।

प्रमुख आएपछि कार्यालयको कामकाज सुचारु भएको छ । कार्तिक २ गतेबाट कार्यालयमा खड्गबहादुर बस्नेतले कामु अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

पटकपटकको ताकेतापछि इलाका प्रशासनले बल्ल प्रमुख पाएको स्थानीय अगुवा नरवीर शाहीले बताए । ‘सामान्य सिफारिसका लागि पनि ठूलो सास्ती भोग्यौं,’ उनले भने, ‘अब नागरिकता बनाउन सदरमुकाम जानु नपर्ने भयो ।’ उनका अनुसार अब सोरु गाउँपालिकाको ११ वटै वडाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय सरहको सेवा प्रवाह पाउँनेछन् ।

२०७३ असार ३ गते स्थापना भएको इलाका प्रशासनका शाखा अधिकृत दिलबहादुर पौडेल ६ महिनामै सरुवा भएर अन्यत्र गएपछि कार्यालय प्रमुखविहीन बनेको थियो । कार्यालयमा ‘सिआईएमएस’ सप्टवेयर जडान गरी नागरिकता वितरण गर्ने तयारी गरिएको प्रमुख बस्नेतले बताए । ‘यहाँबाट अब हस्तलिखित नागरिकता वितरण गरिने छैन,’ उनले भने, ‘क्रमश: अन्य सेवा प्रवाहलाई पनि व्यवस्थित बनाइनेछ ।’

प्रकाशित : कार्तिक २, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?