कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चार वर्षपछि इलाका प्रशासनमा प्रमुख

राजबहादुर शाही

मुगु — जिल्लाको सोरु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयले चार वर्षपछि प्रमुख पाएको छ । २०७३ पुसबाट खाली रहेको प्रमुख पदमा २०७७ कात्तिक २ गतेबाट खडगबहादुर बस्नेत कामु अधिकृतको रुपमा सोरुकोट इलाका प्रशासन कार्यालयमा हाजिर भइ कामकाज सुरु गरेका छन् ।

चार वर्षपछि इलाका प्रशासनमा प्रमुख

चार वर्षसम्म प्रमुखविहीन रहेको इलाका प्रशासनमा प्रमुख बस्नेत आएपछि स्थानीय हर्षित हुँदै फूलमाला र अबिरले स्वागत गरेका छन् । ‘चार वर्षपछि इलाका प्रशासनमा प्रमुख आएपछि हामी धेरै खुशी भयौं,’ सोरु गाउँपालिकाका समाजसेवी नरबीर शाहीले भने, ‘अब नागरिकता बनाउन जिल्ला जानुपर्ने दु:ख हट्यो । गाउँमै नागरिकता पाइने भयो ।’ योसँगै सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ सम्मका स्थानीय नागरिकता लिन जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । अब सोरुकोट इलाका प्रशासनबाटै नागरिकता पाइने भएको छ ।

२०७३ असार ३ गते स्थापना भएको इलाका प्रशासनमा अधिकृत दिलबहादुर पौडेल ६ महिनासम्म इलाकामा बसेर १ सय ५९ नागरिकता २८ प्रतिलिपि नागरिकता र २ नाबालक परिचय पत्र वितरण गरेका थिए । पौडेल सरुवा भएर गएपछि इलाका प्रशासन चार वर्षसम्म प्रमुखविहीन भइ कार्यालय सहयोगीको भरमा चल्दै आएको थियो । तत्कालको इलाका प्रशासनमा सिआइएमएस सफ्टवेयर नहुँदा नागरिकता वितरण गर्न नसकिने र सफ्टवेयर जडान गरेपछि मात्र नागरिकता वितरणको काम सुरु गरिने इलाका प्रशासन प्रमुख बस्नेतको भनाइ छ ।

विगतका वर्षमा हस्तलिपीमार्फत् नागरिकता वितरण गरिँदै आएको भएपनि नयाँ सफ्टवेयरले गर्दा हस्तलिपी हटेको उनले बताए । नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखा गृह मन्त्रालयबाट उक्त सफ्टवेयर कात्तिक महिनाभित्र जडान हुने बस्नेतको भनाइ छ ।

प्रकाशित : कार्तिक २, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?