भेरीमा डुबेर बालकको मृत्यु

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका–२ राइरामा भेरी नदीमा डुबेर बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका १० वर्षीय मनोज विष्टको मृत्यु भएको हो ।

शनिबार बिहान बाख्रा चराउन गएका बालक दिउँसोसम्म घर नफर्केपछि अभिभावकसहित स्थानीयले खोजी गर्दा नदीमा डुबेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजतलास गर्दा झन्डै तीन घण्टापछि शव भेटिएको प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २, २०७७ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?