कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रुकुम पश्‍चिममा सबैखाले मेलामा रोक

हरि गौतम

रुकुम पश्चिम — कोरोना संक्रमण बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको छ । रुकुममा घटस्थापनादेखि धार्मिक र परम्परागत मेलाहरु लाग्छन् । ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो । 

रुकुम पश्‍चिममा सबैखाले मेलामा रोक

सामाजिक दूरी कायम गरी सतर्क व्यवहारमा धार्मिक कार्य गर्न भने छुट दिइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । ‘सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो,’ उनले भने, ‘चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौं ।’

जिल्लामा दसैंदेखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेलाहरु हप्तैपिच्छे लाग्छन् । डिग्रे शाईकुमारी, चौतारा, चिसापानी, बेलटापु, कुनाखेत, शंखपिपललगायत मेला जिल्लाका ठूला मेला मानिन्छन् ।

प्रशासनले सूचना जारी गरेसँगै ५ दिनसम्म लाग्ने डिग्रेमेला पनि यो वर्ष नलाग्ने भएको हो । मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउँछन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?