१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डेंगुका बिरामी फेला

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा २ जना डेंगुका बिरामी फेला परेका छन् । बिरामीको जिल्ला अस्पताल र एक निजी अस्पतालमा उपचार भइरहेको छ । दुवै जनामा सामान्य लक्षण देखिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. राजकुमार भुजेलले बताए ।

डेंगुका बिरामी फेला

उनका अनुसार यसअघि जिल्लामा डेंगुका बिरामी भेटिएका थिएनन् । ‘उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुन्छ,’ उनले भने, ‘तर बढ्दो तापक्रमले त्यो प्रजातिको लामखुट्टे पहाडमा उक्लिएको अनुमान छ ।’

प्रकाशित : आश्विन २३, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?