कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई महिनामा मुगुका ६८ बालबालिकामा कुपोषण

राजबहादुर शाही

मुगु — जिल्लामा दुई महिनामा ६८ जना बालबालिकामा कुपोषणको समस्या देखिएको छ । साउन र असोज महिनामा मात्रै ६८ जना कुपोषणका बिरामी भेटिएका हुन् ।

दुई महिनामा मुगुका ६८ बालबालिकामा कुपोषण

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार भदौ महिनामा भने एक जना पनि कुपोषणको लक्षण देखिएका बालबालिका स्वास्थ्य संस्थामा उपचारका लागि आएनन् । वर्षेनि कुपोषणका बिरामी बढ्न थालेपछि जिल्लाभरि सचेतना अभियान सञ्चालन गर्न लागिएको कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा ६ सय ३ र अघिल्लो वर्ष १ हजार २६ जना बालबालिकामा कुपोषण देखिएको थियो । उनका अनुसार दुई वर्षमा जिल्लाभरि कोरोनाका कारण हुने मृत्यु भने शून्य छ । ‘जोखिम रोक्न गरिएका विभिन्न सरकारी प्रयास असफल भएका छन्,’ उनले भने, ‘६ महिनाभन्दा माथि र ५ वर्षमुनिका बालबालिकामा सबैभन्दा धेरै कुपोषण देखिएको छ ।’

मुगुमा कुपोषणको दर घटाउन सरकारले विश्व खाद्य कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रमको सहकार्यमा पोष्टिक आहार कार्यक्रम लागू गरिएको छ ।

स्थानीयबासीको खानपिन र बानी व्यवहारमा परिवर्तन नहुँदासम्म कुपोषणको दरमा कमी नआउने जिल्ला स्वास्थ्य प्रमुख डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार छायानाथरारा नगरपालिका, सोरु र मुगुमकार्मारोङ गाउँपालिकामा सबैभन्दा बढी कुपोषणको समस्या छ । उनले धेरै बालबालिकामा शिघ्र, दीर्घ, कम तौल भएको र सुक्ष्म कुपोषण देखिएको जानकारी दिए ।

प्रकाशित : आश्विन २२, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?