कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेवारिसे अवस्थामा बच्चालाई जंगलमा छाडेको आरोपमा दुई जना पक्राउ

विप्लव महर्जन

सल्यान — प्रहरीले शारदा नगरपालिका-२ मैसेपानी नजिकै जंगलमा बेवारिसे अवस्थामा बच्चा फालेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

बेवारिसे अवस्थामा बच्चालाई जंगलमा छाडेको आरोपमा दुई जना पक्राउ

प्रहरीले बच्चाकी आमा शारदा नगरपालिका-३ की ३५ वर्षीया शान्ति परियार र शारदा नगरपालिका-२ पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

दुवै जनालाई जिल्ला प्रहरीको हिरासत कक्षमा राखेर कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण ओलीले बताए । अहिले अदालतबाट म्याद थप्‍ने कार्य भइरहेको उनले बताए ।

पक्राउमा परेका पुरुष विवाहित भएका र महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गरिसकेको प्रहरीले बताए ।

प्रकाशित : आश्विन १९, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?