१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णालीमा शुल्क तिरेर पीसीआर गर्ने बढ्दै

चाँदनी कठायत

वीरेन्द्रनगर — स्वेच्छिक रुपले कोरोना परीक्षण गर्नेहरुले शुल्क तिरेरै पीसीआर गर्ने गरेका छन् । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गइरहेका बेला कर्णालीमा शुल्क तिरेरै आरटी–पीसीआर गर्नेहरुको संख्या पनि बढेको छ ।

कर्णालीमा शुल्क तिरेर पीसीआर गर्ने बढ्दै

सरकारले स्वेच्छिक रुपमा स्वाब परीक्षण गर्न चाहनेहरुका लागि पीसीआर शुल्क घटाएपछि पछिल्लो समय शुल्क तिरेरै कोरोना परीक्षण गर्नेहरु बढेका हुन् ।

प्रदेश अस्पताल, सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अस्पतालमा अहिलेसम्म ४ सय २१ जना शुल्क तिरेर पीसीआर गरेका छन् ।

संक्रमणको जोखिम बढ्दै गएपछि शुल्क तिरेरै कोरोना परीक्षण गर्नेहरु आउने गरेको उनको भनाइ छ । ‘एक दिन बिराएर परीक्षण भइरहेको छ,’ उनले भने, ‘टाढाको यात्रा गर्नुपरेमा, काम लागि विदेश नै जानुपरेमा पनि पीसीआर आवश्यक पर्ने र जोखिम पनि बढेकाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि मात्रै भन्दा पनि आफैं शुल्क तिरेर परीक्षण गर्न आउँछन् ।’

सूचना अधिकारी बस्नेतका अनुसार बिहान ७ बजेदेखि संकलन गरिएको स्वाबको नतिजा २४ घण्टाभित्र आइपुग्छ । क्वारेन्टाइनमा बसिरहेका, कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरुको स्वाब संकलन गरी कोरोना परीक्षण भइरहेकै बेला आफूलाई संक्रमणको जोखिममा परेको शंका लाग्नेले शुल्क तिरैरै पीसीआर परिक्षण गर्ने गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अहिलेसम्म ४ जनाले मात्रै शुल्क तिरेर पीसीआर गरेको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघ बुढाले जानकारी दिए । दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशालामा अहिलेसम्म शुल्क तिरेर कोरोना परीक्षण गरेका छैनन् ।

प्रकाशित : आश्विन १८, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?