कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना फैलन नदिन सिमकोटमा बजार–व्यवसाय बन्द

छपाल लामा

हुम्ला — कोरोना संक्रमणको जोखिम बढेपछि हुम्ला सदरमुकाम सिमकोटमा बजार तथा व्यवसाय अनिश्चित कालका लागि बन्द गरिएको छ । उद्योग वाणिज्य संघको अगुवाइमा बुधबार बसेको सर्वपक्षीय बैठकले पसल, होटल र अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

संक्रमण फैलिए नियन्त्रण गर्न गाह्रो हुने निष्कर्षसहित जोखिम नघट्दासम्मलाई बजार बन्द गर्ने निर्णय गरिएको संघका सचिव रविनकुमार बस्नेतले बताए । उनका अनुसार बिहीबार बिहानदेखि सदरमुकामका सबै पसल, होटल र व्यवसाय बन्द गरिएको छ । बैठकले नेपालगन्जबाट जहाजमार्फत ढुवानी हुने मासुजन्य सामग्री र तरकारी पनि रोक्ने निर्णय गरेको उनले जानकारी दिए ।

असोज ३ गते हुम्लामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि सिमकोटमा आवजावतमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । उनका अनुसार स्थानीयलाई सुरक्षित तरिकाले घरमै बस्न आग्रह गरिएको छ । गोठीगाउँकी एक महिला र विद्युत्का दुई कर्मचारीमा कोरोना देखिएपछि उच्च सतर्कता अपनाइएको उनले जानकारी दिए । जिल्ला प्रशासनका अनुसार तीनै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन १५, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?