छत्रेश्वरी गाउँपालिकाका सातवटै वडा कार्यालयमा तालाबन्दी- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छत्रेश्वरी गाउँपालिकाका सातवटै वडा कार्यालयमा तालाबन्दी

विप्लव मर्हजन

सल्यान — छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले पालिकाको सातवटै वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्  ।

गाउँपालिकाले अहिलेसम्म म्याद थप नगरेको भन्दै कार्यालयमा कार्यरत स्थायी कर्मचारीलाई बाहिर निकालेर करार कर्मचारीले तालाबन्दी गरेका हुन् ।

करार कर्मचारीको म्याद थप नगर्दासम्म वडा कार्यालयमा लगाएको ताला नखोलिने कर्मचारीले बताएका छन् । तालाबन्दीले कर्मचारीको समस्या समाधान नभए मंगलबारदेखि गाउँपालिकाको कार्यालयमासमेत धर्ना दिने उनीरुले जानकारी गराएका छन् ।

नेकपा र कांग्रेस निकट जनप्रतिनिधिको विवादले गर्दा आफूहरुको रोजीरोटी गुमेको करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताए । करारमा भर्ना गरेका कर्मचारीलाई हटाउने भनेर कार्यपालिकाबाट नै नेकपा जनप्रतिनिधिले आवाज उठाएपछि साउनदेखि नै आन्दोलनमा उत्रिएको उनले जानकारी गराए । ‘हामीलाई राजनीतिक एजेन्डा बनाइएको छ,’ उनले भने । करारमा भर्ना गरिएका कर्मचारीलाई तत्काल नियुक्ति दिनु पर्ने र करार सम्झौताले निरन्तरता पाउनु पर्ने उनको माग छ ।

गाउँपालिकाले पालिकाभरि शिक्षक, स्वास्थ्यकर्मीलगायत गरी सय जना कर्मचार करारमा भर्ना गरेको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्

साबुन उद्योगको गोदाममा आगलागी

सुवास विडारी

हेटौंडा — हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति सोप उद्योगमा आगलागी भएको छ ।

सोमबार बिहान विद्युत् आपूर्ति गडबड हुँदा तार सर्ट भएर उद्योगको कार्टुन गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो निभाइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री गरी करिब ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×