कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सल्यानमा शैक्षिक संस्था सञ्चालन र सभा सम्मेलनमा प्रतिबन्ध 

विप्लव महर्जन

सल्यान — जिल्ला प्रशासन कार्यालय सल्यानले बिहीबार एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ  ।

सल्यानमा शैक्षिक संस्था सञ्चालन र सभा सम्मेलनमा प्रतिबन्ध 

जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो ।

जिल्लाका अधिकांश विद्यालयमा पढाइ भइरहेकाले कोरोनासम्बन्धी जटिल अवस्था सिर्जना हुन नदिन तत्कालका लागि रोक्न प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले जिल्लाका सबै स्थानीय तहअन्तर्गतका विद्यालयलाई आग्रहसमेत गरेका छन् ।

अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि भन्दै स्थानीय तह तथा विद्यालयमा शुक्रबारदेखि नै पठनपाठन बन्द गर्न सूचना समेत पठाइसकेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

दैनिक उपभोग्य बस्तु किनमेलका लागि बिहान ६ बजेदेखि नौ बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने र महत्वपूर्ण काम तथा मजदुरले दूरी कायम गरी काम गर्नु पर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए ।


प्रकाशित : आश्विन ९, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?