१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डा. केसीको समर्थनमा जुम्लामा दिप प्रज्वलन

एलपी देवकोटा

जुम्ला — चिकित्सा शिक्षाको सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा.गोविन्द केसीको समर्थनमा जुम्लाको नागरिक समाजले शनिबार दिप प्रज्वलन गरेको छ ।

डा. केसीको समर्थनमा जुम्लामा दिप प्रज्वलन

डा.केसीको अनशनलाई ऐक्यबद्धता जनाउँदै नागरिक समाजलेखलंगा बजारमा रहेको कृष्ण मन्दिर अगाडि दिप प्रज्वलन गरेको हो ।

डा.केसीले उठाएका मागहरु जायज भएकाले तत्काल सम्बोधनका लागि सरकारलाई दबाब दिन हरेक साँझ दिप प्रज्वलन गर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । 'जुम्लाका आमनागरिक डा.केसीको पक्षमा छन्', उनले भने, 'हामी शान्तिपूर्ण ढंगबाट सरकारलाई दबाब दिन विभिन्न कार्यक्रमहरु पनि गर्नेछौं । डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रँदै गए पनि सरकारले कुनै सुनुवाइ नगरेको भन्दै नागरिकहरु आक्रोशित बनेको छन् ।

डा केसी जुम्लाको चन्दननाथ नगरपालिका ६ रानिचौरस्थित बाविरामष्टको मन्दिरमा अनशन बसेको शनिबार छैटौं दिन पुगेको छ । उनको स्वास्थ्य बिग्रँदै गएको चिकित्सकले बताएका छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?