१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुगुमा खाद्यान्न ढुवानीमा ढिलाइ

राजबहादुर शाही

मुगु — जिल्लामा खाद्यन्न ढुवानीमा ढिलासुस्ती भएको छ । समयमा खाद्यान्न ढुवानी नहुादा स्थानीय मर्कामा परेका छन् । 

गत असारदेखि सोरुकोट, श्रीकोट, पुलु, खाद्य डिपो र कालै र रातापानी वितरण केन्द्रका गोदाम रित्तिएका छन् । गमगढीस्थित मुख्य खाद्य गोदाममा भने ५ सय क्विन्टल जगेडा राखिएको छ ।

यो चालु आर्थिक वर्षको खाद्यान्न कोटा स्वीकृति भई ढुवानी हुन ढिलासुस्ती काकारण तीन महिनादेखि डिपोमा चामल पुग्न नसक्दा स्थानीयलाई भोक चलन गर्न मुस्किल भएको छ ।

गत भदौमा जिल्ला खाद्य सुरक्षा समितिको बैठक बसेर तत्कालको लागि ६ हजार क्विन्टल चामल माग गरिएको भएपनि स्वीकृत नभएको खाद्य व्यवस्थापन तथा व्यापारी कम्पनी प्रालिका सूचना अधिकारी पुष्कर भामले बताए ।

सूचना अधिकारीका अनुसार यो चालु आर्थिक वर्षको खाद्यन्न ढुवानीको लागि सुर्खेतबाट खडका निर्माण सेवा र बर्दिया राजापुरबाट बराल ढुवानी सेवालाई ठेक्का स्वीकृति गरिसकेको र एक हप्ताभित्र खाद्यान्न ढुवानी सुरु हुनेछ ।

खाद्य गोदाम चामल नभएपछि स्थानीय व्यापारीको महागो चामल उपभोग गर्न बाध्य भएका छन् । व्यापारीको चामल किन्न खान नसक्ने स्थानीयले कााचो बाली टिपेर भोक चलन गर्न थालेका छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?