सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुग्यो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुग्यो

कान्तिपुर संवाददाता

सल्यान — सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुगेको छ । प्रदेश प्रयोगशाला, सुर्खेतमा मंगलबार गरिएको पीसीआर परीक्षणको क्रममा थप ३४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ४० पुगेको हो ।

मंगलबार कोरोना पोजिटिभ देखिएका ३४ जनामध्ये ३३ जना बन्गाडकुपिण्डे नगरपालिकाका र एक कुमाख गाउँपालिकाका व्यक्ति हुन् ।

पछिल्लो समय ८ महिला र २६ पुरुषमा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

उनका अनुसार १० स्थानीय तहमध्ये सबैभन्दा बढी बन्गाडकुपिण्डेमा २ सय २१ जना संक्रमित छन् । जिल्लाभर ३ सय जना उपचारपछि घर फर्किएको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न आइसोलेसनमा ४० जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

नेकपाले बोलायो शुक्रबार सचिवालय बैठक, मन्त्रिपरिषद् पुनर्गठन लगायत एजेन्डा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने सूचना आएको सचिवालयका एक सदस्यले बताए । 

बुधबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि सचिवालय बैठक तय भएको हो । ती सदस्यका अनुसार मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणका बाँकी काम छलफलका एजेन्डा रहेका छन् । भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको छ ।

पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । भदौ ९ मा सचिवालय बैठक नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दाहालको अध्यक्षतामा बसेको थियो । त्यसबाहेक सचिवालयका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । पेरिसडाँडामा रहेको कार्यालयमा पनि दुई अध्यक्षका लागि कार्यकक्ष रहेका छन् ।

अध्यक्ष दाहाल बेलाबेला त्यहाँ पुगे पनि अर्का अध्यक्ष ओली भने पार्टी एकता घोषणा हुँदाको दिनबाहेक पेरिसडाँडा पुगेका थिएनन् ।

प्रकाशित : भाद्र ३१, २०७७ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×