कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिकोटबाट विपद् बिमा सुरू

तुलाराम पाण्डे

कालिकोट — मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार कर्णाली प्रदेशमा विपद् बिमा शुभारम्भ गरेका छन् । यस क्रममा उनले साउन ११ को पहिरोमा ७ आफन्त गुमाएका नरहरिनाथ–७ माल्कोट, बागाका पदमवहादुर बुढालाई दुई लाख रुपैयाँको सांकेतिक चेक हस्तान्तरण गरे । 

कालिकोटबाट विपद् बिमा सुरू

कर्णाली प्रदेश सरकारले विपद्मा परेका सबै नागरिकको घाउमा मलम लगाउन सामूहिक बिमा गरेको थियो । मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावलसहितको सहभागितामा कालिकोटका पहिरो पीडितको खातामा रकम पठाएर विपद् बिमाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार स्थानीय तहबाट नजिकको हकवाला पहिचान गरेर आएका सबै पीडितको खातामा गृह मन्त्रालयमार्फत जाने दुई लाख र कर्णाली प्रदेश सरकारको विपद् बिमाबापतको दुई लाख रकम जम्मा गरिएको छ ।

यस वर्षको बाढीपहिरोमा कालिकोटले सबैभन्दा बढी क्षति बेहोरेकाले त्यहीँबाट विपद् बिमाको सुरुआत गरिएको मुख्यमन्त्री शाहीले बताए । घर पूर्ण क्षति भएकालाई थप एक लाख र सम्पत्ति सबै क्षति भएकालाई ३ महिनासम्म खाद्यान्न पनि कर्णाली प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए ।

असारयता कालिकोटमा मात्र पहिरोमा परी ४४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् ।

प्रकाशित : भाद्र २९, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?