कालीकोटमा ५५ शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा- कर्णाली - कान्तिपुर समाचार

कालीकोटमा ५५ शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

तुलाराम पाण्डे

कालीकोट — सदरमुकाम मान्ममा नयाँ उपकरणसहित आइतबारदेखि ५५ शय्याको कोभिड १९ विशेष अस्पताल सञ्चालनमा आएको छ ।

एकीकृत भवनमा कर्णाली प्रदेश सरकारको १ करोड ७० लाख लागतमा ५ आईसीयू र १ भेन्टिलेटर गरी ५५ शय्याको अस्पताल मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे ।

उनले कोरोनाबाट नागरिकलाई बचाउन कर्णाली प्रदेशमै ठूलो संरचना भएको कोभिड अस्पताल कालीकोटमा बनेको बताए ।

अस्पतालका टिम लिडर विज्ञान प्रजापतिका अनुसार सामान्य लक्षण भएका बिरामीका लागि १६, मध्यम खालको लक्षण भएका विरामीका लागि १३ र शंकास्पद बिरामीका लागि १७ शय्या र गर्वभवति महिलाका लागि छुट्टै कक्षको व्यवस्था छ ।

कालीकोटमा हालसम्म १ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ७० जना निको भएर घर फर्किएका छन् भने अन्य आइसोलेसनमा छन् ।

प्रकाशित : भाद्र २८, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्

धनगढीका पत्रकार आन्दोलित

कान्तिपुर संवाददाता

धनगढी — दिनेश सञ्चार गृहका पत्रकारमाथि भएको कुटपिटको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै धनगढीका पत्रकार आन्दोलित भएका छन् । एउटा समूहले भित्रै पसेर गत शुक्रबार त्यहाँका पत्रकारलाई कुटपिट र दुर्व्यवहार गरेको थियो । 

किटानी जाहेरी दिए पनि प्रहरीले कसैलाई पक्राउ नगरेपछि पत्रकार महासंघको अगुवाइमा पत्रकारहरू आइतबार प्रदर्शनमा उत्रिए । र्‍यालीसहित कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका उनीहरूले दोषीमाथि कारबाहीको माग गरे ।

प्रकाशित : भाद्र २८, २०७७ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×