कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

रासस

हुम्ला — उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो । 

नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्लामा संक्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए । गाउँपालिकाका १६ सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

जिल्लाका अन्य छ स्थानीय तहले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् ।

प्रकाशित : भाद्र २५, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?