खसी किन्न हिँडेका व्यक्ति मृत भेटिए, साथी पक्राउ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खसी किन्न हिँडेका व्यक्ति मृत भेटिए, साथी पक्राउ

कान्तिपुर संवाददाता

सल्यान — खसी किन्न भनी हिँडेका कुमाख गाउँपालिका–२ कैनकाँडाका जनक खत्री मृत अवस्थामा भेटिएका छन् । घरदेखि आधा घण्टा पर भिरबाट लडेको अवस्थामा मंगलबार बेलुकी उनको शव भेटिएको हो । 

उनको हत्या भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । स्थानीय देवराज जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । जोशीका अनुसार खत्रीका आफन्तले उनीहरू दुई जना मंगलबार दिउँसोसम्म सँगै रहेको बताएका छन् । सँगै खसी खोज्न भनी निस्केका दुवैबीच झगडा भएको बुझिएको र त्यही क्रममा जैसीले खत्रीको हत्या गरेको भन्दै आफन्तले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

खत्रीको टाउकोमा गहिरो चोट लागेको र कुनै वस्तुले प्रहार गरेजस्तो देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । जैसीले भने दुवैले मदिरा सेवन गरेको र खत्री सडकदेखि लडेको मात्र देखेको बयान दिएका छन् ।


प्रकाशित : भाद्र २४, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंका ६७ वर्षीय कोरोना संक्रमितको अल्का अस्पतालमा मृत्यु

कान्तिपुर संवाददाता

ललितपुर — कोरोना संक्रमणबाट काठमाडौंका एक जना पुरुषको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

मंगलबार नै अस्पतालमा भर्ना भएका ती व्यक्तिको साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । त्यस्तै मंगलबार साँझसम्म काठमाडौंमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार २ सय १९ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा २ हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन् भने ४ हजार २ सय ६५ जना संक्रमित अस्पताल तथा होम आइसोलसनमा रहेका छन् ।


प्रकाशित : भाद्र २४, २०७७ १२:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×