२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रुकुम पश्‍चिमबाट शनिबार १९ जना डिस्चार्ज

हरि गौतम

रुकुम पश्चिम — कोरोना संक्रमण भएर आइसोलेसनमा रहेकामध्ये १९ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेशनबाट शनिबार १९ जना डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमणपछिको पहिलो परीक्षण रिपोर्ट नेगेटिभ आएर पनि १४ दिन आइसोलेसनमा बसेकाहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । उनका अनुसार कोरोना मुक्त हुनेमा २ वर्षीयदेखि ४० वर्षसम्मका छन् ।

आठबीसकोट नगर अस्पताल, जिल्ला अस्पताल तथा मुसीकोट नगरपालिकाको आइसोलेशनमा रहेकाहरु डिस्चार्ज भएका हुन् । फोकल पर्सन रावलका अनुसार अब जिल्लामा ९ जना कोरोनाका सक्रिय संक्रमित छन् । ६४ जनालाई कोरोना संक्रमण पुष्टि भएकामा ५५ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : भाद्र २०, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?