१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पहिरोपीडितलाई ५ दिनको तलब

तुलाराम पाण्डे

कालीकोट — नरहरिनाथ गाउँपालिकाका पहिरोपीडितलाई शिक्षकहरुले ५ दिनको तलब सहयोग गर्ने भएका छन् ।

गाउँपालिकामा कार्यरत शिक्षकहरुका तर्फबाट पहिरो पीडितका लागि ५ लाख ८१ हजार रुपैयाँ जम्मा भएको हो ।

उच्च माविका शिक्षकले ७, माविका शिक्षकले ५ र आधारभूत तहका शिक्षकको तर्फबाट ३ दिनको तलबबापतको रकम गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भइसकेको छ । गाउँपालिकाका शिक्षा अधिकृत दुर्गलाल न्यौपानेका अनुसार उक्त रकमले पहिरो पीडित परिवारलाई राहत वितरण गरिनेछ । नरहरिनाथमा पहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् ।

पहिराले ५ सय घर परिवार प्रभावित छन् । नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणीका पहिरोपीडितलाई प्लान इन्टरनेसनलले पनि डेढ करोड रुपैयाँ सहयोग वितरण गरेको छ ।

प्रकाशित : भाद्र १९, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?