१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

श्रीमानकाे हत्या गरी भीरबाट खसालिदिएपछि

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–१० का ३६ वर्षीय भीमबहादुर बुढा भदौ १४ गते स्थानीय टुटुरेभीरमा मृत भेटिए । प्रहरीले घटनाबारे थाहा पाएपछि घटनास्थलको मुचुल्का गर्‍यो र आफन्तको जिम्मा लगायो । भवितव्यमा बुढाको मृत्यु भएको भन्ने निवेदनकै आधारमा पहिलो चरणमै प्रहरी अनुसन्धान सकिएपछि आफन्तले शवको अन्त्यष्टि गरे ।

श्रीमानकाे हत्या गरी भीरबाट खसालिदिएपछि

गाउँमा केही दिनअघि नै बुढा घरबाट बेपत्ता भएको भन्ने हल्ला पनि गरिएको थियो । त्यो कुरा प्रहरीसम्म पुगेपछि दोस्रोपटक गरिएको अनुसन्धानका क्रममा उक्त घटना भवितव्यमा नभएको निष्कर्ष खुल्यो । दोस्रो चरणको अनुसन्धानपछि प्रहरीले बुढाको हत्या आरोपमा उनकै २२ वर्षीय श्रीमती अञ्जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । उनले दाउरा प्रहार गरी हत्या गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

पतिलाई प्रहार गरेको दाउरा र रगत लागेको खाटको व्यवस्थापन गरिसकेको अवस्थामा अञ्जनालाई पक्रेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । उनका अनुसार रगत लागेको खाट बाख्राको गोठ र खाटका खुट्टा घरको बुइगलमा लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । भदौ १७ गते पक्राउ परेकी अञ्जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान बढाइएको उनले जानकारी दिए ।

अञ्जनाविरुद्ध बिहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादका कारण भीमबहादुरको हत्या भएको खुलेको डिएसपी केसीले बताए । ‘अरु विषय खुल्दै जालान्,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट यो हत्या हो भन्ने पुष्टि भइसक्यो ।’ अन्जना भीमबहादुरकी दोस्री पत्नी हुन् । पहिलाकी पत्नीसँग सम्बन्धविच्छेद गरेपछि भीमबहादुरले अञ्जनासँग विवाह गरेका थिए । दुवै पत्नीबाट उनका एक/एक छोरा छन् ।

प्रकाशित : भाद्र १९, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?