१ वर्षदेखि ४ सय परिवार अँध्यारोमा

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–७ स्थित सिपखोला जलविद्युत् आयोजना बिग्रिएपछि सिप र बुम्चका ४ सय परिवार अँध्यारोमा बस्न बाध्य छन् ।

१ वर्षदेखि ४ सय परिवार अँध्यारोमा

आयोजनाको पावर हाउसमा जडान गरिएको जेनेरेटर बिग्रिएपछि विद्युत् सेवा अवरुद्ध बनेको हो ।

८ किलोवाट क्षमताको आयोजनाले सिप र बुम्चमा विद्युत् सुविधा पुर्‍याइएको थियो । योजना बिग्रिएपछि फेरि सल्लाको दियालो बाल्नुपर्ने बाध्यता भएको स्थानीय दानसिंह विष्टले बताए । ‘फेरि गाउँ अँध्यारो बन्यो,’ उनले भने, ‘मर्मतमा सबैले बेवास्ता गरे ।’

गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको उनको गुनासो छ । पर्याप्त बजेट नहुँदा विद्युत् योजना मर्मत गर्न नसकिएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए ।

प्रकाशित : भाद्र १८, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?