कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चन्द समूहका २ जना कार्यकर्ता पक्राउ

काठमाडौँ — चन्दा संकलन गरिरहेको आरोपमा कुमाख गाउँपालिका–६, मौलाहालेबाट प्रहरीले नेत्रविक्रम चन्द समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । चन्दनिकट युवा संगठनका सदस्य २२ वर्षीय प्रकाश गिरी र १८ वर्षीय गोरख केसीलाई पक्राउ गरिएको हो ।

चन्द समूहका २ जना कार्यकर्ता पक्राउ

मौलाहालेका एक व्यापारीसँग १५ हजार रुपैयाँ चन्दा लिइरहेको बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनीहरुले प्रयोग गरेको रा–४ प ६९३८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । गिरीको साथबाट २४ हजार ९ सय रुपैयाँ बरामद गरेको प्रहरीले उनीहरुविरुद्ध जबरजस्ती चन्दा असुुली मुद्दा दर्ता गरिने जनाएको छ ।


प्रकाशित : भाद्र १६, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?