कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कुपोषणको उच्च जोखिममा मुगु

राजबहादुर शाही

मुगु — हिमाली जिल्ला मुगु कुपोषणको उच्च जोखिममा परेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार साउन महिनामा मात्रै ५४ जना बालबालिकामा कुपोषणको लक्षण देखिएको छ ।

कुपोषणको उच्च जोखिममा मुगु

गत वर्ष १ हजार २६ जना बालबालिकामा कुपोषण देखिएको कार्यालयले जनाएको छ । ती मध्ये ६ सय ३ जनामा कडा कुपोषणको लक्षण देखिएको थियो । जोखिम बढे पनि कुपोषणका कारण कसैको मृत्यु नभएको कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए । उनका अनुसार २ वर्षयता जिल्लामा कुपोषणको जोखिम बढ्दै गएको छ ।

मुगुमा कुपोषण घटाउन स्वास्थ्य सेवा कार्यालयले बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरेको छ भने विश्व खाद्य कार्यक्रमले जिल्लाभरि पोष्टिक आहार वितरणलाई निरन्तरता दिएको छ ।

स्थानीयको खानपान र बानी व्यवहारमा परिवर्तन नआएसम्म कुपोषणको जोखिम घटाउन नसकिने जिल्ला स्वास्थ्य अधिकृत डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार जिल्लाका ४ स्थानीय तहमध्ये सबैभन्दा बढी सोरु गाउँपालिका र कम मुगमकार्मारोङ गाउँपालिकामा कुपोषण देखिएको छ ।

सन्तुलित भोजनको कमी, बालबालिकाको स्याहारसुसारमा कमी, स्वास्थ्य सेवाको पहुँच नहुनु, घरायसी खाद्य असुरक्षा र गरिबीका कारण कुपोषण बढिरहेको उनले बताए ।

प्रकाशित : भाद्र १५, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?