कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रुकुम पश्चिममा निषेधाज्ञा एक साता थपियो

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा गत सातादेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ४ बजेदेखि आगामी आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

रुकुम पश्चिममा निषेधाज्ञा एक साता थपियो

आइतबार चार संक्रमित थपिएपछि संक्रमण अझ फैलन नदिन भन्दै एक साता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । यसअघिको निषेधाज्ञा आइतबार राति १२ बजेसम्म थियो । बैठकले सानीभेरी गाउँपालिकामा लगाइएको निषेधाज्ञा भने हटाएको छ । आठबीसकोट नगरपालिकाका ९, ११ र १२ नम्बर वडामा लगाइएको निषेधाज्ञा पनि हटाइएको छ । हिजो आइतबारको बैठकले त्रिवेणी गाउँपालिकाका ९ र १० नम्बर वडामा भने निषेधाज्ञा लगाइएको छ । शनिबार मात्रै ती २ वडामा एक/एक जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमणको जोखिम भएको क्षेत्रमा थपिएको र कम जोखिम क्षेत्रको निषेधाज्ञा हटाइएको प्रजिअ पौड्यालले बताए । अत्यावश्यकीय सेवाबाहेकका सबै सेवा बन्द रहने उनले बताए ।

यसैबीच स्वास्थ्य कार्यालयका सेवा भने फेरि सञ्चालनमा आएका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालयले आकस्मिक र सुत्केरीबाहेकका सेवा बन्द गरेको थियो । अरू कर्मचारी तथा स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएसँगै आइतबारदेखि पूर्ववत् रुपमा सेवा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले बताए ।

प्रकाशित : भाद्र १५, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?