१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पाँच दिनअघि बेपत्ता पुरुष मृत भेटिए

हरि गौतम

रुकुम पश्चिम — पाँच दिनअघि बेपत्ता एक व्यक्ति मृत फेला परेका छन् । भदौ १० गतेदेखि बेपत्ता बाँफिकोट गाउँपालिका–१०, का ३५ वर्षीय भीमबहादुर बुढा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनका अनुसार घर नजिकैको भीरमा बुढाको शव फेला परेको हो । बुढाको मृत्युको कारण खुलेको छैन ।

बुढा घरबाट बेपत्ता भएदेखि आफन्तले खोजी सुरु गरेका थिए । घर नजिकैको भीरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।

प्रकाशित : भाद्र १४, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?