२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एक महिनापछि खुल्यो गमगढी–नाग्मा सडक 

राजबहादुर शाही

मुगु — भारी वर्षाका कारण अवरुद्ध बनेको नाग्मा–गमगढी सडक एक महिनापछि सुचारु भएको छ । जुम्लाको सिजादेखि गमगढीसम्म ठाउँठाउँमा पहिरो खसेपछि असार पहिलो साताबाट सडक अवरुद्ध बनेको थियो ।

एक महिनापछि खुल्यो गमगढी–नाग्मा सडक 

सडकमा खसेको पहिरो डोजर लगाएर हटाइएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । मुगुको सातमोड, पिना, ताल्च, मइतुलगायत ठाउँमा गएको पहिरो पन्छाएपछि बुधबारबाट सडक सुचारु भएको डिभिजन प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार जुम्लाको गोठीज्यूला, रोकायबाडा, डाबलगायत ठाउँमा पनि पहिरो खसेको थियो ।

सडक सञ्चालन भएपछि सडकका विभिन्न खण्डमा रोकिएका झण्डै एक दर्जन मालबाहक सवारी साधन गमगढी पुगेका छन् । सडक अवरुद्ध हुँदा गमगढीमा दैनिक उपभोग्य, निर्माण सामग्री र खाद्यान्नको अभाव देखिएको थियो ।

सडक सञ्चालन भएको ७ वर्ष बित्दासमेत कालोपत्रे नहुँदा वर्षा र हिमपातको बेला यात्रुले सास्ती भोगिरहेको नागरिक अगुवा रुपबहादुर मल्लले बताए ।

प्रकाशित : भाद्र ११, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?