कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जाजरकोट अस्पताल सिल

भीमबहादुर सिंह

जाजरकोट — चार चिकित्सकसहित अन्य २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पताल सिल गरिएको छ ।

जाजरकोट अस्पताल सिल

कोरोनाको संक्रमण देखिएपछि आकस्मिक सेवा बाहेक बिहीबारदेखि अस्पताल सिल गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.सुनिल पुनले बताए ।

कोरोनाको संक्रमण बढेपछि स्थानीय प्रशासनले सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । खलंगा सदरमुकाममा पर्ने भेरी नगरपालिका ३ र ४ वडा सिल गरिएको हो । त्यस्तै डिभिजन वन कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, प्रहरी, सेना र भेरी नगरपालिकाका कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । चिकित्सक र अन्य कर्मचारीको सम्पर्कमा आएका मानिसहरुको पीसीआर परीक्षण गर्ने क्रम जारी रहेको पुनले बताए ।

जाजरकोट अस्पतालमा संक्रमितका लागि आइसोलेसन कक्षको अभाव हुँदा उपचारमा समस्या भएको छ । नयाँ भवन निर्माण गर्ने क्रममा अस्पतालका पुराना घर भत्काएपछि आइसोलेसन कक्षको अभाव भएको हो ।

अस्पतालमा १२ जना भन्दा बढी बिरामी राख्ने आइसोलेसन कक्ष नभएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् । संक्रमित बढ्ने अनुपात देख्दा विद्यालय र क्याम्पसका भवनमा आइसोलेसन कक्ष बनाउनुको विकल्प नभएको बस्नेतको भनाइ छ । नयाँ भवन निर्माण नहुँदासम्म अन्य रोगका बिरामी राख्‍ने र उपचार कक्ष समेत नहुने उनले बताइन् ।

प्रकाशित : भाद्र ११, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?