१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बालिका बलात्कार अरोपमा युवक पक्राउ

हरि गौतम

रुकुम पश्चिम — बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका–७ की एक १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक नम्बर वडाका १८ वर्षीय मदन गोसाइलाई प्रहरीले पक्रेको हो ।

बालिका बलात्कार अरोपमा युवक पक्राउ

सल्यानको कुमाख गाउँपालिकास्थित मामाघरबाट घर फर्किरहेकी उनलाई ती युवाले भेरी नदी किनारमा लगेर बलात्कार गरेको बताइएको छ । घर पुर्‍याइदिन्छु भनेर मोटरसाइकलमा चढाएर बालिकालाई सोमबार दिउँसो १ बजे भेरी नदी किनारमा लिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिङ विष्टले बालिका कराएपछि केही महिलाले देखेर प्रहरीलाई खबर गरेको बताए । त्यसपछि लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाटै ती युवालाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्टले बताए । बालिकाको स्वास्थ्य परीक्षण चौरजहारी अस्पतालमा गरिएको छ ।

प्रकाशित : भाद्र ८, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?