कर्णालीमा प्रदेशसभा सदस्यसहित थप ४३ जनामा कोरोना

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा एकैदिन प्रदेशसभा सदस्यसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत सोमबार संकलन गरिएको स्वाब परीक्षणका क्रममा ती सांसदमा कोरोना संक्रमण देखिएको हो ।

कर्णालीमा प्रदेशसभा सदस्यसहित थप ४३ जनामा कोरोना

सामाजिक विकास मन्त्रालयका अनुसार वीरेन्द्रनगरस्थित १ क्याम्पसका प्रमुखमा पनि कोरोना संक्रमण भेटिएको छ । १ रेडक्रसकर्मी र बाँकेको नेपालगन्जमा उपचार गरेर फर्किएका १ व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखा प्रमुख नवराज कँडेलले बताए ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १७, सुर्खेतकै १०, दैलेख, डोल्पा र कास्कीका १/१ जनामा संक्रमण फेला परेको छ । सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाका १७, सुर्खेतको चौकुने गाउँपालिकाकी ४ वर्षीया बालिकासहित ४ र वीरेन्द्रनगरका ६ जनामा नयाँ संक्रमण भेटिएको हो । दैलेखको दुल्लु नगरपालिकाका १, डोल्पाको जगदुल्ला गाउँपालिकाका १ र कास्कीको मादी गाउँपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको महाशाखा प्रमुख कँडेलले जनाए ।

यस्तै, प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा जुम्लाका ९, दैलेखका ३ र बाँकेका १ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका २ वर्षीय बालकसहित ३, जुम्लाको हिमा गाउँपालिकाका ८, सिंजा गाउँपालिकाका १ र बाँकेको बैजनाथ गाउँपालिकाका १ जनामा कोरोना भेटिएको महाशाखाले जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?