कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

किर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ

छपाल लामा

हुम्ला — किर्ते गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष मकुसिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि नागरिकता केरमेट गरी १५ वर्षदेखि वृद्धभत्ता बुझ्दै आएको आरोप लागेको छ ।

किर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ

२०१० सालमा जन्मिएका वडाध्यक्ष वुढामाथि जिल्ला प्रशासन कार्यालयबाट २०४५ साल वैशाख ७ गते जारी गरिएको नागरिकता आफैंले केरमेट गरी किर्ते गरेको आरोप लागेको हो ।

प्रहरीका अनुसार वुढाले नागरिकतामा केरमेट गरी जन्ममिति २००० साल बनाएका थिए । आइतबार पक्राउ गरिएका बुढाको सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले बताए ।

प्रहरीका अनुसार विजया बुढाको जाहेरीका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको हो । जाहेरीमा १५ वर्षसम्म लिएको वृद्धभत्ता असुलउपर गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ मा सार्वजनिक लिखत किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

प्रकाशित : भाद्र २, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?