हुम्लामा पहिरोले डेढ सय परिवारको बिचल्ली

राजबहादुर शाही

मुगु — हुम्लाको तााजाकोट गाउापालिकामा पहिरोबाट करिब डेढ सय परिवारको बिचल्ली भएको छ । पहिरोले घर भत्काएपछि खुल्ला चौर, गोरुगोठ, बिद्यालय चौरमा पाल टाागेर बस्न बाध्य भएका छन् भने कोही आफन्तको घरमा बसेका छन् । 

हुम्लामा पहिरोले डेढ सय परिवारको बिचल्ली

गत शनिबार भीषण पहिरो आउँदा रोकायबाडा, मैलागाउा, कटेलबाडा, थापागाउा, दमाईबाडा, काटेओखर, गाडेपानीलगायत बस्तीका डेढ सय परिवारको बिचल्ली भएको तााजाकोट गाउापालिकाले जनाएको

विस्थापित डेढ सय परिवारहरु गाउापालिकाको हेलीप्याड, थार्पाचौर र कैला सदेब प्राथमिक विद्यालयमा पाल टाागेर बस्न बाध्य भएको गाउापालिकाकी उप–प्रमुख मञ्जु बुढाले बताइन् ।

घर–जग्गा, धन सम्पत्ति, अन्नबाली केही छैन भन्दै रुँदै विस्थापित परिवारले दिन बिताएको उपप्रमुखले बताइन् । ‘गाउँपालिकामा अघिल्लो वर्षको बजेट सकियो यो आर्थिक वर्षको बजेट आएको छैन के राहत दिने ।’ उनले भनिन् । कर्णाली प्रदेशबाट मन्त्रीहरु राहत ल्याएर आज आउँदै छन् भन्ने खबर सुनिएको उप–प्रमुखले सुनाइन् ।

पहिरो गएको चार दिनसम्म न त राहत न सान्त्वना दिन सरकार उपस्थित भएको पहिरो पीडितको गुनासो छ । आफन्तसँग हात थापेर जीवन गुजनरा गर्न बाध्य भएका छन् ।

पहिरो पीडितको बिचल्ली भएको चार दिनसम्म सरकारको ध्यान नगएको ताँजाकोट गाउँपालिकाका धर्मराज जैसीले बताए । राहतको त परै जावोस् सोधपुछ गर्न पनि कोही नआएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?