पहिरोले सल्यानमा एक जनाको मृत्यु, १ सय ३० घर जोखिममा

विप्लव महर्जन

सल्यान — अविरल वर्षाका कारण खसेको पहिरोमा परी कालीमाटी गाउँपालिका–६ सिरेनीका ७० वर्षीय डिल्लीबहादुर आलेको मृत्यु भएको छ । घाँस काट्न नजिकैको जंगलमा गएका उनको पहिरोमा परी ज्यान गएको हो ।

पहिरोले सल्यानमा एक जनाको मृत्यु, १ सय ३० घर जोखिममा

पहिरोले गाउँका १० घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सल्यानमा १ सय ३० घर पहिरोको उच्च जोखिममा छन् । पहिरोले दार्मा गाउँपालिकामा १२ र कपुरकोटका १० घरमा क्षति पुर्‍याएको छ भने कपुरकोट बजारका झण्डै १ सय घर र दार्माका ३२ घर जोखिममा परेका हुन् । पहिरोले घरमा क्षति पुर्‍याएपछि टिके कामी, विमला बुढाथोकी र निराजन विकको परिवारलाई सुरक्षित स्थानमा सारिएको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । उनका अनुसार अन्य ९ परिवारलाई पनि नजिकैको विद्यालयमा सार्ने तयारी गरिएको छ ।

वर्षाका कारण कपुरकोट बजार पनि पहिरोको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । उनका अनुसार बजारमुनिको पहिरो बढ्दै गएपछि बजारका घरहरु भासिन थालेका छन् । विभिन्न ठाउँमा प्रहिरो खस्ने क्रम जारी रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरलेलले बताए । उद्दारका लागि सबै सुरक्षा निकायको टोली तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?