१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गमगढी-नाक्चेनाङ्ला सडकमा १२ ठाउँमा पहिरो 

राजबहादुर शाही

मुगु — गमगढी–नाक्चेनाङ्ला सडकखण्डमा १२ ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अविरल वर्षापछि गमगढी–नाक्चेनाङ्ला सडकखण्डका करिब १२ ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको मुगुमकार्मारोङ गाउँपालिका ओभरसियर राजबहादुर रावलले जानकारी गराए । 

गमगढी-नाक्चेनाङ्ला सडकमा १२ ठाउँमा पहिरो 

लगातार वर्षापछि उक्त सडकखण्डको सालीम गार्ड, अल्कासाँधु, भियालबाडामा, तरासीपाखा, माग्रीगाउँलगायतका ठाउँमा पहिरो खसेको हो ।

डोजर लगाएर पहिरो नपन्छाएसम्म सवारी साधन नचल्ने र स्थानीयलाई हिँडडुल गर्नसमेत कठिन हुने मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए । वर्षा रोकिएपछि डोजर लगाएर पहिरो पन्छाउने कामलाई तीव्रता दिइने उनले बताए ।


प्रकाशित : भाद्र १, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?