२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मुगुमा जिप दुर्घटना, १ जनाको मुत्यु, १० घाइते

राजबहादुर शाही

काठमाडौँ — जिल्ला सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकाको तारापानी बजारतर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको बोलेर जिप निगाले गाउँको खोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।  

मुगुमा जिप दुर्घटना, १ जनाको मुत्यु, १० घाइते

जिप बुधबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो । विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा चिप्लिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको नाम खुल्न सकेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले बताए । घाइते हुनेहरुमा सोरु गाउँपालिका–७ का रुपलाल बुढा, वडा नं–८ सिह रावल, बिर्सना रावल, खेमराज रावल, वडा नं–५ का सुरेश शाही, राजबहादुर शाही, वडा नं–९ का रगु बिटालु, भक्त बिटालु, वडा नं ३ का कमलराज बुमी र जिप चालक खेमराज हमाल छन् ।

चिकित्सकका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको जिल्ला अस्पताल ठिनीमा उपचार भइरहेको डा मिना चौलागाईंले बताइन् ।

प्रकाशित : श्रावण २८, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?