कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

विप्लव महर्जन

सल्यान — १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–६ बरलामा एक युवक पक्राउ परेका छन् । बालिकाका बाबुको उजुरीका आधारमा प्रहरीले २७ वर्षीय प्रकाश परियारलाई बुधबार घरबाटै पक्राउ गरेको हो ।

परिवारले प्रहरीलाई जनाएअनुसार गत आइतबार आफन्तका छोराको जन्मदिन मनाउन गएका बेला बालिकालाई परियारले प्रलोभनमा पारी राति एकान्तमा लगेर बलात्कार गरेका थिए । बालिकाले सोमबार घटनाबारे बुबालाई बताएकी थिइन् । परियारलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रनाउ ढकेन्द्र खतिवडाले बताए ।

कालिमाटी गाउँपालिका–३ रामपुर घर भएका बालिकाका बुबा कामको सिलसिलामा १० वर्षदेखि बरला बस्दै आएका छन् । बालिकाकी आमा केही वर्षअघि अर्को विवाह गरेर हिँडेकी थिइन् ।

प्रकाशित : श्रावण २८, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?