कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा नदीले बगाउँदा एकको मृत्यु

विप्लव महर्जन

सल्यान — अविरल वर्षापछि शारदा नदीमा आएको बाढीले बगाउँदा कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका लेवाराम रावतको मृत्यु भएको छ । खेतमा जाने क्रममा २५ वर्षीय रावतलाई सोमबार बिहान नदीले बगाएको थियो ।

मंगलबार कालिमाटीकै दलपुरे भन्ने ठाउँमा उनको शव फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर पठाइएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । दुई साताअघि पनि शारदाले बगाउँदा दलपुरेनजिकै एक बालकको मृत्यु भएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २७, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?