कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जसपाका कर्णाली प्रदेश महासचिवको निधन

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव पञ्चसिंह रोकायाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित उनको सोमबार बिहान वीरेन्द्रनगर नगरपालिकाको लाटीकोईलीस्थित आफ्नै घरमा निधन भएको हो ।

जसपाका कर्णाली प्रदेश महासचिवको निधन

पाँच वर्षअघि कलेजो ट्रान्सप्लान्ट गरी निको भएका उनलाई मुखको खटिरा क्यान्सरले गत चैतमा ग्रसित बनाएको थियो । क्यान्सर भएपछि उनी उपचार गरेर घरमै बसिरहेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्षसमेत रहेका रोकाय वौद्ध ग्रामीण वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेर जिम्मेवारी सम्हालिरहेका थिए । उनका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित : श्रावण २६, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?