कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मुगुमा १ महिनामा ३५ बालबालिकामा कुपोषण

राजबहादुर शाही

मुगु — जिल्लामा १ महिनाको अवधिमा ३५ बालबालिकामा कुपोषणको समस्या देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार बालविवाह, गरिबी, स्तनपानको कमीलगायत कारण बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको हो ।

मुगुमा १ महिनामा ३५ बालबालिकामा कुपोषण

कुपोषणको लक्षण देखिएपछि साउन महिनामा ३५ बालबालिकालाई जिल्ला अस्पतालमा ल्याइएको थियो । तीमध्ये ३१ जनालाई सर्वोत्तम पिठो उपलब्ध गराइएको छ भने ४ जनालाई अस्पतालमा भर्ना गरिएको छ । ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए । उनका अनुसार अभिभावकले बालबालिकाको खानपिनमा बेवास्ता गर्दा कुपोषण बढिरहेको हो । उनले भर्ना गरिएका बालबालिकामा जटिल अवस्थाको कुपोषण देखिएको बताए ।

कार्यालयका अनुसार छायानाथरारा नगरपालिकासहित सोरु र कार्मारोङ गाउँपालिकामा झण्डै २० प्रतिशत बालबालिकामा कुपोषणको समस्या छ । विपन्‍न दलित बस्तीमा यो समस्या बढिरहेको नेपालीले बताए ।

‘१ महिनामै ३५ बालबालिकामा कुपोषण देखिएपछि जिल्ला नै उच्च जोखिममा रहेको पाइयो,’ उनले भने, ‘जथाभावी बच्चा जम्माउँदा पनि कुपोषणको दर बढिरहेको छ ।’ उनका अनुसार ४ वटै स्थानीय तहमा कुपोषण न्यूनिकरणका लागि बहुक्षेत्रीय पोषण परियोजना लागू गरिएको छ । कुपोषण घटाउन ८ स्वास्थ्य चौकीबाट सर्वोत्तम पिठो वितरण गर्न थालिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २५, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?