मुगु पुगेर बिरामी जाँच्दै डा. केसी- कर्णाली - कान्तिपुर समाचार

मुगु पुगेर बिरामी जाँच्दै डा. केसी

राजबहादुर शाही

मुगु — डा. गोविन्द केसी मुगु जिल्ला अस्पताल ठिनी पुगेर बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् । उनी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन् ।

केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका छन् । केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् ।

‘मलाई घुँडा दुख्ने समस्या थियो, त्यही डा. केसीसँग जाँच गराउन आएँ,’ श्रीनगर गाउँका मोहनकुमार मल्लले भने, ‘हड्डी फ्याक्चर भएको रहेछ ।’

अस्पतालमा कार्यरत चिकित्सकहरूले पनि केसीसँग हाडजोर्नी उपचारसम्बन्धमा सल्लाह–सुझाव लिएका थिए । डा. केसी आउने खबर पाएपछि हड्डीसम्बन्धी भएकालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले बताए । उनका अनुसार केसीले बिहीबार ४७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । केसीले मुगु अस्पतालमै बसेर करिब तीन दिन सेवा दिनेछन् ।

यसअघि उनले हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब डेढ सय स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । अदानचुलीबाट फेरि बाजुरा, कालिकोट, जुम्ला पुगेर सेवा दिएका थिए । जुम्लाबाट दुई दिन हिँडेर डोल्पाको जगदुल्ला गाउँपालिका पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि चार दिन हिँडेर मुगु आइपुगेका हुन् ।

प्रकाशित : श्रावण २३, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

नेकपामा अध्यक्ष स्वयंबाट अराजकता सिर्जना भएको छ : श्याम श्रेष्ठ

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको शक्ति र सत्तासंघर्ष चरम उत्कर्षमा छ । र, यसको सिधा असर उसको आन्तरिक जीवन र सरकारको कार्यसम्पादनमा परेको छ । स्थायित्व, विकास, समृद्धि र सुशासन दिने नारासहित तत्कालीन वाम गठबन्धन बनाएर चुनाव लडेको नेकपाले झन्डै दुई तिहाई मतसहित सरकारको नेतृत्व गर्ने मौका पायो । तर, अहिले त्यो मत नेकपाका लागि भारीजस्तो भएको छ ।

के नेकपाले आफ्नो जिम्मेवारी, जवाफदेहीता र जनमतमाथि खेलबाड गरिरहेको छ, अनि यस्तै विवादले नेकपा एउटै पार्टी बनिरहन कति सम्भव छ ? यिनै विषयमा राजनीतिक विश्‍लेषक श्याम श्रेष्ठसँग बबिता शर्मा र कञ्‍चन अधिकारीले गरेको कुराकानी–

प्रकाशित : श्रावण २३, २०७७ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×