कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा सुत्केरीको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।

बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।

पुनले यसअघि २ जना छोरीलाई जन्म दिइसकेकी थिइन् । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।

घटनाबारे थप अनुसन्धान गर्न सदरमुकामबाट प्रहरी टोली खटाइएको डीएसपी श्रेष्ठले बताए । बाटुले सदरमुकाम खलंगादेखि झण्डै २० कोष टाढाको दूरीमा छ ।

प्रकाशित : श्रावण १९, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?