पूर्वकान्तिपुरकर्मी रोकायाको निधन

कान्तिपुर संवाददाता

हुम्ला — हुम्लामा रहेर लामो समय पत्रकारिता गरेका पूर्वकान्तिपुरकर्मी जयबहादुर रोकायाको शनिबार दिउँसो निधन भएको छ । ६६ वर्षीय रोकायाको पक्षघातका कारण मृत्यु भएको हो ।

पूर्वकान्तिपुरकर्मी रोकायाको निधन

एक साताअघि एक्कासी पक्षघात भएपछि उनी घरमै उपचाररत थिए । रोकायाले करिब दुई दशकसम्म कान्तिपुर दैनिकको हुम्ला संवाददाताका रूपमा काम गरेका थिए ।

उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य र हुम्ला शाखाका संस्थापक अध्यक्षसमेत हुन् । रोकायाका श्रीमतीसहित ४ छोरा र १ छोरी छन् ।

प्रकाशित : श्रावण १८, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?