कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम खाली हुँदै आइसोलेसन

कान्तिपुर संवाददाता

सल्यान — कोरोना संक्रमितहरु निको भएर धमाधम घर फर्कन थालेपछि जिल्लाका आइसोलेसन खाली बन्दै गएका छन् ।

शनिबार मात्रै बन्गाडकुपिण्डे नगरपालिकाको प्रभाकर मावि र लुहापिङस्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनबाट १५ जना संक्रमित निको भएर घर फर्किए ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ सय ४० जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये झण्डै ९६ प्रतिशत निको भएको कार्यालयको तथ्यांक छ । अहिले ८ जना संक्रमितको उपचार भइरहेको कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए । उनका अनुसार शनिबार १४ पुरुष र १ महिलालाई उपचारपछि घर पठाइएको हो ।

सल्यानका १० मध्ये ७ स्थानीय तह कोरोनामुक्त भइसकेका छन् । अहिले बन्गाडकुपिण्डेका ४, कालीमाटीका २ र कुमाख गाउँपालिकाका २ जनाको विभिन्‍न आइसोलेसनमा उपचार भइरहेको छ । ‘उपचार गराइरहेका सबैको अवस्था सामान्य छ,’ उनले भने, ‘थप संक्रमण फैलन नदिन ग्रामीण क्षेत्रमा स्वाब संकलनलाई तीव्रता दिइएको छ ।’

प्रकाशित : श्रावण १७, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, २४ घन्टामा थप ३१५ जनामा संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

२४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुुसार शनिबारसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ६ हजार ९९३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।

जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा यस प्रकारका रहेका छन् ।

  • कैलाली ८९
  • बझाङ ६८
  • पर्सा ६६
  • इलाम २२
  • सुनसरी १
  • झापा २
  • सिरहा ५
  • उदयपुर १
  • मोरङ ३
  • सप्तरी ७
  • बारा १
  • रौटहट १
  • कञ्चनपुर ९
  • काठमाडौँ ५
  • काभ्रेपलाञ्चोक १
  • रामेछाप २
  • भक्तपुर १
  • कास्की १
  • रुपन्देही २
  • सल्यान १

प्रकाशित : श्रावण १७, २०७७ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×